FAQs Complain Problems

संक्षिप्त परिचय

    संसारमा अवस्थित विभिन्न शिवलिङ्गहरुको इतिहास अनुसार कहि उत्खनन्, निर्माण, तथा स्थापना भएका शिवलिङ्गहरु छन् ती मध्ये भिन्न खाले आफै माटोबाट निसकेको (उम्रेको) दन्तकथा अनुसार अंकुरी महादेव नाम रहन गई ख्यति रुपमा भक्तजनहरुद्वारा भब्य पुजाआजा भई रहेको साथै श्रद्धाका केन्द्र विन्दु भएकोले अंकुरी महादेवको नामबाट महदेवा गा.वि.स.को नामाकरण रहेको थियो तथा संघिय लोकतान्त्रीक गणतन्त्रको तेश्रो सरकारको अंङ्गको रुपमा संचालनमा रहेको स्थानीय सरकारको नाम महादेवा गाउँपालिका रहयो ।

       पुन:श्च धार्मिक आस्थाका केन्द्र विन्दुका रुपमा अवस्थित रहेका अंकुरी महादेव मन्दिरको संरक्षण सम्बर्द्धन तथा विकाससँगै विगतका ५ बटा गा.वि.स. महदेवा, पकरी, बथनाहा, भगवतपुर र डाढा रहेको जस मध्ये बथनाहा गा.वि.स.को साविक वडा नं. १,२,३ लाई हाल महादेवा गा.पा.-३  र साविक वडा नं. ४,५, ६, ७, ८ र ९ लाई हाल महादेवा गा.पा.- ६  निर्माण गरिएको र साविकको  गा.वि.स.पकरीलाई हाल वडा नं. १, साविकको गा.वि.स  महदेवा लाई हाल वडा नं.२,साविकको गा.वि.स. डाढालाई हाल वडा  नं. ४,साविकको गा.वि.स. भगवतपुरलाई हाल वडा नं. ५.गरी जम्मा साविकका ५ गा.वि.स.द्वारा शुसोभित साथ महादेवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, बथनाहा, सप्तरी संचालनमा रहेको अवगत गराउदै यस महादेवा गा.पा. क्षेत्र भित्र पश्चिममा खाडो खोला, बीचमा जिता नदि लगायतका नदिहरु छन भने 95% जग्गा कृषि योग्य जमीन रहेकोमा चन्द्रनहरको संजाल फराकिलो रहेको भएता पनि विगत लगभग ३० बर्ष देखि उक्त नहरमा खेतीको समयमा पानी नआएको कारण स्यालो ट्युववेल तथा आकाशे पानीको भरमा यस क्षेत्रका कृषकहरु धान, गेहु, मकै आदि अन्नपात उब्जाउने पशुपालन गर्ने गरी जीवन यापन गरेको पाइन्छ यस गा.पा.का धार्मिकता कृषि प्रधानता सांस्कृतिता तथा विभिन्न मौलिकता वोकेका जनताहरु कृषिमा अधारित छन ।

गाउँपालिका स्थापना                   : २०७३

भौगोलिक अवस्थिती

प्रदेश                                       : मधेश प्रदेश                  

जिल्ला                                     : सप्तरी

निर्वाचन क्षेत्र                             : २

क्षेत्रफल                                   : ३४.96 वर्ग कि.मि.

वडा संख्या                               : ६

अवस्थिती           

उचाई                                      : समुन्द्री सतहबाट  82 मिटर

सिमाना

पूर्व                                          : हनुमाननगर कंकालीनी नगरपालिका

पश्चिम                                      : राजविराज नगरपालिका

उत्तर                                       : तिरहुत गाउँपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिका

दिक्षण                                     : तिलाठी कोइलाडी गाउँपालिका

जनसंख्या            

कुल जनसंख्या                          : ३१०४८

घरधुरी                                     : ५3२२

परिवार                                    : ६५२२

औषत प्रति परिवार                    : ४.७६

मुख्य जाती समुदाय

मण्डल, यादव, राजधोव, तेलि, महतो, खत्वे, चमार, वेल्दार, बाँतर, मुसहर, शर्मा, दास, कुर्मि, वराहमण, केवट, मुस्लिम, शर्मा, डोम,  आदि

 

पदाधिकारी