महादेवा गांउपालिका सप्तरी अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरूका लागी क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । जस अन्तर्गत आज पहिलो दिन प्रशिक्षक द्वय डा. सन्दिप साह (MDGP) र डा. जितेन्द्र कुमार यादव (MO) ले सहजीकरण गर्नुभएको थियो ।
बढ्दो शितलहर बाट बच्न महादेवा गाउँपालिका अन्तर्गतका विपन्न परिवारका व्यक्तिहरूलाई गाउँपालिका अध्यक्ष श्री सुनील कुमार मंडल ज्यु द्वारा फाइबर सिरक वितरण कार्यको सुरुवात गरिएको छ । यस कार्यक्रममा वडाअध्यक्ष ज्यु लगायत स्थानीय व्यक्तित्वहरूको सहभागीता रहेको
महादेवा गा.पा. ३ बथनाहामा स्थानीय आपत्तकालीन कार्यसंचालन केन्द्रकाे उद्घाटन
महादेवा गाउँपालिका वडा नं. ५ भगवतपुर स्वास्थ्य चौकीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन भइरहेकोले आँखा जाँच गराइ मौकाको फाइदा लिनुहोस।
सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरूलाई जनही रु ५,०००| प्रोत्साहन रकम वितरण गरिएको छ । यसले सुत्केरी महिलालाई पोषणयुक्त खानपानमा सघाउ पुर्याउने उद्देश्य राखिएको छ ।
१२ औँ गाउँसभा
महादेवा गाउंपालिकाद्वारा आ.वि. कजौलीमा महिलाहरु लक्षित अगरवति बनाउने सिपमुलक तालिम संचालन गरिएको छ ।
महादेवा गाउंपालिका अन्तर्गतका कृषकहरुलाई बर्षे फलफूल (आँप, लिची, कागती) को विरुवा वितरण गरीएको छ ।