संसारमा अवस्थित विभिन्न शिवलिङ्गहरुको इतिहास अनुसार कहि उत्खनन्, निर्माण, तथा स्थापना भएका शिवलिङ्गहरु छन् ती मध्ये भिन्न खाले आफै माटोबाट निसकेको (उम्रेको) दन्तकथा अनुसार अंकुरी महादेव नाम रहन गई ख्यति रुपमा भक्तजनहरुद्वारा भब्य पुजाआजा भई रहेको साथै श्रद्धाका केन्द्र विन्दु भएकोले अंकुरी महादेवको नामबाट महदेवा गा.वि.स.को नामाकरण रहेको थियो तथा संघिय लोकतान्त्रीक गणतन्त्रको तेश्रो सरकारको अंङ्गको रुपमा संचालनमा रहेको स्थानीय सरकारको नाम महादेवा गाउँपालिका रहयो ।
महादेवा गांउपालिका सप्तरी अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरूका लागी क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । जस अन्तर्गत आज पहिलो दिन प्रशिक्षक द्वय डा. सन्दिप साह (MDGP) र डा. जितेन्द्र कुमार यादव (MO) ले सहजीकरण गर्नुभएको थियो ।
बढ्दो शितलहर बाट बच्न महादेवा गाउँपालिका अन्तर्गतका विपन्न परिवारका व्यक्तिहरूलाई गाउँपालिका अध्यक्ष श्री सुनील कुमार मंडल ज्यु द्वारा फाइबर सिरक वितरण कार्यको सुरुवात गरिएको छ । यस कार्यक्रममा वडाअध्यक्ष ज्यु लगायत स्थानीय व्यक्तित्वहरूको सहभागीता रहेको
महादेवा गा.पा. ३ बथनाहामा स्थानीय आपत्तकालीन कार्यसंचालन केन्द्रकाे उद्घाटन
महादेवा गाउँपालिका वडा नं. ५ भगवतपुर स्वास्थ्य चौकीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन भइरहेकोले आँखा जाँच गराइ मौकाको फाइदा लिनुहोस।
सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरूलाई जनही रु ५,०००| प्रोत्साहन रकम वितरण गरिएको छ । यसले सुत्केरी महिलालाई पोषणयुक्त खानपानमा सघाउ पुर्याउने उद्देश्य राखिएको छ ।
१२ औँ गाउँसभा
महादेवा गाउंपालिकाद्वारा आ.वि. कजौलीमा महिलाहरु लक्षित अगरवति बनाउने सिपमुलक तालिम संचालन गरिएको छ ।
महादेवा गाउंपालिका अन्तर्गतका कृषकहरुलाई बर्षे फलफूल (आँप, लिची, कागती) को विरुवा वितरण गरीएको छ ।